अस्ट्रेलिया समान अवसर भएको देश , चितवनवाट भबिष्यमा डाक्टर हुने सपना सम्म

मानिस जन्मिएर पारिवारिक खुसीको साथ हुर्किएर, सपनाको संसारमा अगाडि बढिरहेको हुन्छ। सपनाको साथ पारिवारिक सहयोग, सघर्षशील जीवनको बाटाहरुमा बिना उद्देश्य सफलता असम्भव रहेको हुन्छ।

यसै सिलसिलामा चितवन चैनपुरमा जन्मिएका आयुष उप्रेती बाल्यकाल देखी मिलनसार,दूरगामी सोच भएका,समाजप्रति चिन्तित ब्यक्ति हुन l २२ बर्षीय उप्रेतीले १०+२ सम्मको अध्ययन नेपालबाट गरेको थिए।अध्ययनको सिलसिलामा २०१६ मा अस्ट्रेलिया आएका उप्रेती हाल नोट्रो डाम युनिभर्सिटीमा ब्यासलर अफ नर्सिंग अध्ययन गरिरहेको छन । बाल्यकाल देखि डाक्टर बन्ने सपना बोकेका नेपाली बिद्यार्थी हाल सफलताको नजिक पुगेको ओएस नेपाल सगको कुराकानीमा जानकारी दिएका थिए।

पारिवारिक साथ , सहयोग , धैर्यता र दूरगामी योजनाको साथ कार्य गरिरहदा कर्म गर्न छोड्नु नहुने कुरामा बिश्वास राख्दछन। जीवनमा सघर्ष नहुदा नून न भएको तरकारी जस्तो अनुभव हुने भएकोले सघर्ष नही जीवन भएको बिश्वास गर्दछन।

बिभिन्न सामाजिक कार्यमा संलग्न रहेका उप्रेतीले भबिष्यमा सामाजिक कार्य साथै आफूमा भएको ज्ञान र अनुभवको भरपूर सदुपयोग गरी अगाडि बढ़ने बताएका थिए। अस्ट्रेलिया समान अवसर भएको देश भएकोले साथमा अध्ययन राम्रो गरी आफुले पढेको फिल्डमा कार्य गर्नु सके सबै बिद्यार्थी सफल र थप अनुभबी रहने बिश्वास रहेको जानकारी दिएका थिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

व्यथाले च्याप्दा पनि डाक्टरले अप्रेसन गर्न मानेनन्, आमा र बच्चा दुवैको मृत्यु

जापानको रोजाइमा नेपाली कामदार