ठूलो संख्यामा नेपालीहरु रहेको कुवेतमा पनि देखियो कोरोना, दुतावासले निकाल्यो विज्ञप्ति

काठमाडौँ, फागुन १६ । पछिल्ला दिनमा कोरोना भाइरसबाट ग्रसित हुने देशहरुको संख्या दिनानुदिन बढीरहेको छ । चीनबाट उत्पन्न भएर विश्वका करिब ३० भन्दा बढी देशमा फैलीइरहेको कोरोना भाइरसका कारण जनजीवन ब्यापक रुपमा प्रभावित भइरहेका बेला कोरोना चीनपछि जापान, कोरिया, इटालीपछि कुवेतमा पनि देखा पर्न थालेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेतमा पनि कोरोना भाइरसबाट संक्रमित ब्यक्तिहरुलाई निगरानीमा राखिएको भन्दै सर्तकता अपनाउन भने लगत्तै कुवेतमा रहेको नेपाली दुतावासले सर्तकता अपनाउन नेपालीहरुलाई पनि आग्रह गरेको छ ।

कुवेतमा रहेको नेपाली दुतावासले बिहिबार एक विज्ञप्ति जारी गर्दै कुवेतमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई सर्तक रहन आग्रह गरेको हो । कुवेतमा रहेका नेपालीहरु अहिलेसम्म सुरक्षीत रहेको भन्दै दुतावासले यसको संक्रमणबाट जोगीने उपायहरु समेत आफ्नो विज्ञप्तिमा उल्लेख गरेर प्रचार प्रसार गर्दै शर्तकता अपनाइरहेको छ ।

यसैबिच कोरोना संक्रमित पानीजहाजबाट भारतले नेपालीको उद्धार गरेर अर्को गुन लगाएको छ । जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज९डायमन्ड प्रिन्सेस क्रुज०मा रहेका आफ्ना ११९ जना नागरिकसहित एक नेपालीको पनि उद्धार गरेर ल्याएको हो । १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको जहाजमा ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक रहेको र त्यसमा एक जना नेपाली नागरिक रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका प्रवक्ता हरि ओडारीले भारतको विदेश मन्त्रालयले टोकियोबाट उद्धार गरिएकामध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख गरे ।
उद्धार गरिएका ती नेपालीको परिचय भने गोप्य नै राखिएको छ । उनलाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखेपछि परिवारलाई सम्पर्क गरिने दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चैत ६ गते देखि सुरु हुने एसईई परीक्षा दिने विद्यार्थी यस वर्ष पाँच लाख १० हजार

जङ्गली हात्तीको बथानले एकै रातमा नौ बिघामा लगाएको गहुँबालीमा क्षति पर्याएपछि…