क्यालिफोर्नियामा रहेका नेपालीहरुले होली पर्व मनाउन थाले यस्तो तयारी

भद्रायां दीपिता होली राष्ट्रभङ्गं करोति वै । नगरस्य च नैवेष्टा तस्मात्तां परिवर्जयेत् ।।
भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा । श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी ।।

फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ । होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि होलिका दहन गरेर यस चाडको सुरुवात गरिन्छ । यो पर्व नेपाल लगायत विश्वभर रहेका परवासी नेपालीहरुले पनि मनाउने गर्दछन् । यसैबिच सानफ्रान्सिस्को वे – एरियाको सेरो फेरोमा रहनुहुने सम्पूर्ण दाजु भाई तथा दीदी – बहिनीहरुले पनि यस वर्षको होली पर्वलाई धुमधामका साथ मनाउने उदेश्य स्वरुप बृहत कार्याक्रमको आयोजना गरेका छन् ।

क्यालिफोर्नियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई मार्च ८ तारिखको दिन आइतबार  2151 Martin Luther King Jr. Way, Berkeley, California 94704 (Martin Luther King Jr, Civic Center Park) मा दिउसो १२ बजेदेखि साँझ ४ बजेसम्मका लागी तयारी गरिएको आयोजकले जनाएको छ । आत्मियता र भाइचारा को पर्तिक रङ्ग उमंगको उत्सव होलीकोको सुअवसरमा ‘द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्निया च्याप्टर ले आयोजना गर्न लागेको होलि कार्यक्रममा सहभागी भइ सबै साथ मा होलीको रंगको मिश्रण जस्तै आत्मियता साटासाट गर्न पनि निमन्त्रण गरिएको छ । तपाई इच्छुक हुनुहुन्छ भने द ह्वाइट जोन इन्टर्नेशनल क्यालिफोर्निया तथा सम्पुर्ण ‘द ह्वाइट जोन’ इन्टर्नेशनल परिवारलाई सम्झिन सक्नुहुन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मौलाकाली केबलकारलाई जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय

लोकप्रिय गायिका अन्जु पन्तले गरिन् मिरा साउन्ड रेकर्डिङ स्टुडियोको उद्घाटन, हेर्नुहोस् तस्विरहरु