इबरको पोष्टमा मेसी एक्लैले गरे ४ गोल, कमालको खेल खेल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई पाँच–शून्यको फराकिलो गोलअन्तरले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत भएको उक्त खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले मात्रै इबरविरुद्ध ४ गोल गरेका थिए ।

व्यक्तिगत खातामा मेस्सीले ४ गोल पुरयाए भने बार्सिलोनाको तर्फबाट अर्को गोल आर्थर मेलोले गरेर पाँच गोल पुर्याएका थिए । मेस्सीले पहिलो हाफमा ह्याट्रिक गरे भने दोस्रो हाफमा थप एक गोल गरेका थिए ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने इबर २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।शनिबार नै भएको खेलमा रियल मड्रिड लेभान्तेसँग एक–शून्यले स्तब्ध भएको छ । रियल सोसिसाडले भने भ्यालेन्सियालाई तीन–शून्यले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कक्षा ११ र १२ सजिलै पास गराउने पाठ्य संरचना बनाउँदै शिक्षा मन्त्रालय

सरकारले जनताको हितविपरीत काम गरेको छ : उपसभापति निधि