सानो धुर्मुसको अवतारमा धुर्मुस-सुन्तलीको सेण्टिभाईरसमा देखिँदै प्रितम आचार्य

ईटहरी -कलाकारिता संगै समाजसेवामा दिनरात खटिरहेका धुर्मुस सुन्तलिको निर्माण तथा अभिनयमा तयार भएको फिल्म ‘सेन्टिभाईरस’ सिनेमा घरमा प्रदर्शनको तयारीमा छ । यहि फागुन ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने फिल्ममा ईटहरीबाट नेपालकै प्रतिनिधित्व गर्दै ईन्डियाको प्रतिष्ठित टेलिभिजन शो’सारेगमप लिटिल च्याम्प’मा पुगेर लोकप्रिय बनेका प्रीतम आचार्यले पनि अभिनय गरेका छन् ।

सार्बजनिक अन्तरबार्तामा उनले आफुले सो फिल्ममा अभिनय गरेको बताए संगै सानो धुर्मुसको भुमिकामा देखिने समेत खुलाए । ईटहरीमा जन्मिएर ईटहरीकै विश्व आदर्श स्कुलमा अध्ययन गरिरहेका आचार्यले सारेगमप लिटिल च्याम्पको तेस्रो स्थान हासिल गरेका थिए ।

सेन्टीभाईरसको हालसम्म एक गीत ‘फनफन्नी’ र ट्रेलर सार्बजनिक भैसकेको छ । यता फिल्मको अर्को गीत ‘आफ्नो पार्टी जिताईदे’ भोलि अर्थात फागुन ४ गते सार्बजनिक हुदैछ । ट्रेलर र गीतले युट्युबमा राम्रै प्रतिक्रिया संगै भ्युज पनि बटुलिरहेको छ । यता गायकको रुपमा लोकप्रियता हासिल गरेका प्रीतमले कस्तो अभिनय गर्ला भन्ने कौतुहलता जागेको छ । यसमाथी पनि उनी सानो धुर्मुसको अवतारमा देखिने खबरले उनको गेटअप पनि कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चीनमा रहेका १८५ बिद्यार्थीलाई नेपाल ल्याउन उड्यो जहाज, नेपाल ल्याए लगत्तै मध्यरातमा नै भक्तपुरमा यसरी लगीनेछ

‘ए मेरी पूजा’ लिएर बालआश्रम र टिकटकरका साथमा आश्मा