भ्यालेन्टाइन डेमा देशकै अग्ला र लामा पुलहरुमा सेल्फी खिच्दै मायामा डुब्दै प्रेमी जोडीहरु, हेर्नुहोस् यि तस्विर

पर्वत, फागुन २ । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम जोडीहरुका लागि भ्यालेन्टाइन डे महत्वपुर्ण दिनको रुपमा मानिन्छ । यो दिन हरेक प्रेमी आफ्नो प्रेमीकासँग नयाँ नयाँ ठाउँमा गएर घुम्ने, बस्ने र रमाउने प्रचलन रहेको छ । यसै क्रममा पर्वतमा रहेका चार वटा मुलुककै अग्ला र लामा पुल प्रणय दिवस मनाउनेका लागि गन्तव्य स्थान बनेका छन् । सदरमुकाम कुश्मावजार नजिकै रहेका नेपालकै अग्ला र लामा चारवटा पुलमा आज विहानैदेखि प्रेम गर्ने युवा युवतीहरुको भिड लागेको छ ।

पछिल्लो समयमा पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनेका पुलमा शुक्रवार दिनभर सयौ जोडी युवा युवतीहरु घुम्न आएको स्थानीय होटल व्यावसायीहरुले बताए ।छिमेकी जिल्ला बाग्लुङ्ग, म्याग्दी, पोखरा, स्याङजा लगायतका जिल्लावाट प्रेमी–प्रेमीकाहरु आएका थिए । मोदीखोला माथि रहेका तीनवटा र कालीगण्डकी माथि रहेको कुश्मा–कैया झोलुङ्गे पुलआसपासमा सुविधाजनक होटल तथा रमणीय ठाउँमा वसेर एक आपसमा माया प्रेमका कुराकानी गरेर दिन बिताइरहेका थिए ।

भ्यालेन्टाइन्स डे मनाउन पोखरावाट आएका एक जोडीले भने पछिल्लो समयमा पर्यटकीय दृष्टिले चर्चामा आएका अग्ला पुल अवलोकन गर्न र प्रेम दिवस मनाउन जोडी बनेर आएको बताउनुभयो । पुलमा वारपार गर्दा निकै आनन्द आएको उहाँको अनुभव छ ।पर्यटकको पर्खाईमा रहेका मुलुककै अग्लो झोलुङ्गेपुलको पहिचान बोकेको कुश्मा–ज्ञादी झोलुङ्गेपुल, वडागाउँ–मुडिकुवा, खरेहा–अधिकारीफाँट, र कुश्मा–कैया पुल अबलोकनका लागि आउने पर्यटकहरुको दिन प्रतिदिन संख्या बढ्दै गइरहेको छ ।पुलमा विहानैदेखि अन्य दिनको तुलनामा निकै भिड बढेको स्थानीय होटल व्यवसायी रमेश शर्माले बताउनुभयो ।

मोटरसाईकल, कार, तथा साना सवारीका साधनहरु लिएर विशेषगरी यो दिन मनाउनकै लागि सयौ जोडीहरु आएको उहाँले बताउनुभयो ।पछिल्लो समयमा विभिन्न विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य समेत अग्ला पुल बन्ने गरेका छन् । पुल अबलोकनका लागि आउनेहरुलाई व्यवस्थित रुपमा अवलोकन, सहज रुपमा आवतजावत गर्न पुलका दुई छेउमा बगैचा तथा विश्राम स्थल समेत निर्माण गर्न थालिएको छ ।

रातीको समयमा आउनेहरुलाई लक्षित गर्दै पुलका दुवै भागमा बत्तिको समेत व्यवस्था गरिएको छ । पुलमा दुवै क्षेत्रमा व्यवस्थित होटल तथा रेष्टुरेन्ट पनि संचालनमा आएका छन् । सदरमुकाम सँगै जोडिएको हुनाले पुलहरुमा आउने प्रेम जोडीहरुको संख्या उल्लेख्य रहेको स्थानीयको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कर्णालीमा जन्म र मृत्युमा दिने निःशुल्क २० किलो चामल प्रभावकारी हुँदै

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन दुई अर्ब स्थानीय तहमा पठाइयो