४ वर्ष अघि जापान गएकी नेपाली चेली लाल कुमारीको निधन, मुटुको अप्रेसन गर्ने क्रममा अप्रेसन असफल भएपछि गयो प्राण

काठमाडौँ-जापानमा एक नेपाली महिलाको निधन भएको छ । निधन हुनेमा गल्कोट ताराखोला गाउँपालिका–३ हिल डोवटा बाग्लुङकी ४२ वर्षीया लाल कुमारी चालिसे कुवँर रहेको बताइएको छ ।उनी जापानको चुफुमा बस्दै आएकी थिइन् । मुटुरोगी चालिसेको चफुस्थित साकाकिबारा अस्पतालमा उपचार भइरहेको थियो ।

उनको उपचारका क्रममा मुटुको अप्रेसन गरेपछि अप्रेसन असफल भएर ज्यान गएको बताइएको छ । ४ वर्ष अघि जापान गएकी उनी श्रीमानसँगै बस्दै आएकी थिइन् ।उनको पार्थिव शरीरलाई यही फेब्रुअरी १७ तारिख सोमबार जापानकै फुदोमाए रेल स्टेसन नजिकै अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अभाव

केरूङ नाकाबाट कोरोना भाइरस भित्रिने डर !