चीनमा एक हजार ७०० स्वास्थ्यकर्मीमा देखियो कोभिडको सङ्क्रमण

काठमाडौ, फागुन २- चीनमा कोरोना भाइरस ९कोभिड–१९० बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग ९एनएचसी०ले शुक्रवार जानकारी गराएको छ । यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३।८ प्रतिशत हो ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०।४ प्रतिशत रहेको उनले बताए ।

कोभिड–१९बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७।५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३।४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको ६० लाखको सामान बरामद

भुवनको गीतमा गजित र अञ्जलीको देखियो यस्तो रोमान्स