ललिता निवास प्रकरण : बाबुराम र माधवविरुद्ध किन मुद्दा नचलाउने भन्दै सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री द्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध ललिता निवास प्रकरणसँग जोडेर दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार पूर्वप्रधानमन्त्री द्वयविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमा सुनुवाई गर्दै शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उनीहरुमाथि किन मुद्दा चलाउन नपर्ने हो भन्दै कारण माग गरेको हो । आदेशमा निवेदकले माग गरेजस्तो आदेश जारी नहुनुपर्ने कारण भए १५ दिनभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित जवाफ पेस गर्न भनिएको छ ।

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्री रहेका नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भन्दै रिट दायर भएको थियो ।

ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता, तत्कालिन भौतिक पुर्वाधार मन्त्री विजय गच्छदारमाथि मुद्दा दायर भएपछि कांग्रेसले संसद अवरुद्द गर्दै आएको छ । अख्तियारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेतामाथि मुद्दा चलाएको र सत्तारुढ दलका नेतालाई जोगाएको भन्दै भातृसंस्थालाई आन्दोलन गर्न निर्देशन समेत दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

‘राती ‘ लिएर आउदै चर्चित पप गायक दिपक बज्राचार्य [प्रोमो सहित ]

भ्यालेन्टाइन डेमा पत्नि निकितासँगको तस्विर पोष्ट गर्दै माया साटे रवि लामिछानेले