काल बनेर आएको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सबार भुवनको गयो ज्यान

काठमाडौं, २ फागुन-कैलाली, गौरीगंगा नगरपालिका(-६ बनभेडास्थित सडकमा ना।१ क ८८०३ नम्बरको टिपरले से।७ प ३९०७ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका-४ रामशिखरझला बस्ने २८ वर्षीय भुवन चन्दको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सेती धनगढी कैलालीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।

काभ्रे, बनेपा नगरपालिका-१३ स्थित सडकमा बा।१९ च १३२३ नम्बरको बलेरो गाडीले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज प्रणय दिवस : प्रेम साट्न रानीमहलमा प्रेम जोडिको घुइचो

गोलमालबाट चर्चामा आएका माकुरीकी प्रेमीका पहिलो पटक मिडियामा, म्याकुरीले छोडेर गए पछी खोलीन् रहस्य (भिडियो)