बसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातु सहित ३ जना समातिए

काठमाडौं, २ फागुन-काठमाडौं महानगरपालिका(२६ नयाँबसपार्कबाट सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्राम सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा.१ य १०१२ नम्बरको पर्यटक ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी ट्याक्सीमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

क्यान्सरका कारण ५० वर्षमा नै बिदा भएका सांसद दुर्गाको निधनप्रति दु:ख ब्यक्त गरे सभापति देउवाले

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु