बर्तौलाको तृब्त रेष्टो नामक रेष्टुरेन्टमा भीषण आगलागी, ३५ लाख बढीको क्षती

काठमाडौं, २ फागुन- काठमाडौं महानगरपालिका-९ बत्तिसपुतली बस्ने २८ वर्षीय सरोज बर्तौलाको तृब्त रेष्टो नामक रेष्टुरेन्टमा बिहीबार राति आगलागी हुँदा रेष्टुरेन्टमा रहेको बिभिन्न फर्निचर लगायतका सामान जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, भरतपुर महानगरपालिका(३ स्थित खाली चौरमा पार्किङ गरी राखेको ना।७ ख ४६६६ नम्बरको बस र ना।७ ख २१९ नम्बरको बसमा शुक्रबार बिहान आगलागी हुँदा दुवै बस पूर्णरुपमा जलेर नष्ट भएका छन् ।उदयपुर, रौतामाई गाउँपालिका-४ नथने बस्ने जित बहादुर मगरको घर र गोठमा बिहीबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, कटहरी गाउँपालिका(१ स्थित बलराम मल्लिकको गोठमा बिहीबाट राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रेमिका सँग रोमान्स गर्दा गर्दै भेटीए सक्कीगोनीका बले, भिडियो भाइरल

पेरुको ट्याँकर दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो