पेरुको ट्याँकर दुर्घटना, मृत्यु हुनेको संख्या ३० पुग्यो

लिमा, फागुन २ पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।

तिब्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । बिस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो । सरकारी वकीलहरुले ट्याँकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन् ।
––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बर्तौलाको तृब्त रेष्टो नामक रेष्टुरेन्टमा भीषण आगलागी, ३५ लाख बढीको क्षती

क्यान्सरका कारण ५० वर्षमा नै बिदा भएका सांसद दुर्गाको निधनप्रति दु:ख ब्यक्त गरे सभापति देउवाले