त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिद्वारा १० लाख सहयोग

काठमाडौँ-गोरखा नगरपालिका– ६ स्थित तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिले १० लाख रुपियाँ आर्थिक सहयोग गरेको छ। स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले पुस्तकालयका लागि उक्त रकम सहयोग गर्नुभएको हो।

लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामा नै पहिलोपटक स्थापना भएको त्रिभुवन पुस्तकालय भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो। अहिलेअहिले पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ भवन निर्माण कार्य भइरहेको छ। भवन दुई तलाको ढलान सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोनाका कारण तनावमा रहेको चीनलाई अमेरिकाले लगायो यस्तो गम्भिर आरोप

प्रेमिका सँग रोमान्स गर्दा गर्दै भेटीए सक्कीगोनीका बले, भिडियो भाइरल