रगडेल होली मेलामा एलिशा,ओशिन र सुशान्तको बेजोड प्रस्तुति

नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ । बिगतका बर्षहरुमा करिब ५000 हजार भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने बिस्वास लिएको छ आयोजक टिमले । रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले बताए।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला आउनेछन त्यस्तै अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहने छ। हामीले मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ इतिहास रच्नेछौ उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

रातारात बढेर २ सय ५० रुपैयाँ पुगेको प्याजको मूल्य आश्चर्यजनक तरिकाले घट्यो

२०७७ सालको वार्षिक राशिफल, कसको भाग्य कस्तो छ त ?