नेकपाका चर्चित नेता वामदेव गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर मनाए भ्यालेन्टाइन डे, तस्विर भाइरल

काठमाडौं । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् ।

“विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । यसैबिच नेकपाका उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलासा थापालाई गुलाफको फूल दिएर प्रणय दिवसको शुभकामना दिन भ्याएका छन् ।

भैंसेपाटीस्थित आफ्नै निवासमा नेता गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर भ्यालेन्टाइनको शुभकामना आदन प्रदान गरेसँगै उनले तस्विर पनि सामाजिक संजालमा पोष्ट गर्न भ्याए । जन्मदिन, प्रणय दिवसका बेला सधैं पत्नीलाई गुलाफको फूल दिने गरेका नेता गौतमका तस्विर अहिले भाइरल बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य दुर्गा उपाध्यायको दुखद निधन

यस्तो छ आजको सुनको मुल्य