कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, संक्रमितको संख्या ६५ हजारबाट माथि लागेपछि हुबेइ प्रान्तका सचिवलाई हटाइदियो चीनले

काठमाडौं । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जना मृत्यु भएपछि अहिले मृत्यु हुनेको दर झनै बढेको छ । विगत केही दिनयता तीव्र ढंगले मृतकको संख्या ह्वात्तै बढेपछि आज बिहानसम्मको तथ्यांकमा यो भाइरसबाट मृत्यु हुनेको संख्या १४ सय ९१ पुगेको छ।

बिहीबार चीनमा १२३ र जापानमा एकजनाको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । हिजो मात्रै चीनमा थप ४८ सय ५४ जनामा यो भाइरस देखिएको बताइएको छ । आज बिहानसम्म कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको बिबिसीले उल्लेख गरेको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका विरामीको सङ्ख्या झन्डै ६५ हजार माथीरहेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विद्यालय जाँदा आउँदा आफै बोट चलाएर दैनिक वार पार गर्दै जेसिका

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य दुर्गा उपाध्यायको दुखद निधन