बागलुङ फागुन २- गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले वडा नम्वर १० पाण्डवखानी देखि रमुवा रमुवा सम्मको निर्माणाधिन सडक स्थलगत अनुगमन गरेका छन । नगर गौरवको योजनामा रहेको उक्त सडकलाई गलकोट नगपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वजेटबाट रु ६० लाख विनियोजन भएको थियो । अहिले सडकको निर्माणको काम तिव्र गतिमा भईरहेको छ ।
सडकको काम के कसरी भैरहेको छ, त्यहाँको वस्तुगत अवस्था सडकको ग्रेडिङ, मापडण्ड अनुसार सडक निर्माण भईरहेको छ या छैन लगायतका विषयमा नगरप्रमुख गैरेले निर्माण उपभोक्ता समिति र जनप्रतिनिधिसंग स्थलगत अनुगमन पछि जानकारी लिएका थिए । स्थलगत अनुगमन पछि नगरप्रमुख गैरेले संक्षिप्त जानकारी दिंदै सडक निर्माण प्रति आफु सन्तुष्ट रहेको बताए ।
मापडण्ड अनुसार सडक निर्माण भएकोमा निर्माण उपभोक्ता समितिलाई धन्यवाद समेत ज्ञापन गरे । । यस्तै नगरप्रमुख गैरेले पाण्डवखानी स्वास्थ्य चौकीको समेत स्थलगत अनुगमन गरेका छन । स्वास्थ्य चौकीबाट प्रवाह भईरहेको सेवा सुविधा, औषधी स्टक लगायतका विषयमा नगरप्रमसख गैरेले स्वास्थ्यकर्मीहरु सँग जानकारी लिएका थिए । स्वास्थ्य क्षेत्र संवेदनशिल भएकोले जनताको सेवामा दृढ भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई समेत दिए ।
सो अवसरमा नगर प्रमुख गैरेले आगामी दिनमा स्वास्थ्य चौकीलाई गलकोट नगरपालिका बाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । अनुगमनको क्रममा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि.क, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद थम्मन थापा सन्देश, स्थानिय जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
Comments
0 comments