कुवेतमा ६ जना नेपाली ढुंगाखानीमा पुरिएर ज्यान गुमाएपछि दुतावासले निकाल्यो यस्तो विज्ञप्ति, कहिले ल्याइदैछ शव नेपाल ?

काठमाडौं, फागुन २ । कुवेतको ढुंगाखानीमा विस्फोट हुँदा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको निधन गएकोछ । निधन हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्। मृत्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुतावासका अनुसार दुर्घटनामा घाइते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घाइते मनोरथ मण्डल उपचारपछि काममा फर्केको दुतावासद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंकाकाबिच ६ नेपालीको निधन भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ । विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेपछि यो भयाभहको अवस्था निम्तिएको हो ।

जानकारीअनुसार ढलको पाइप बिच्छ्याउने तेन्जर मेसिनले ४ र ५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए । फुकुवा माटोले भर्खरै पुरिएको नाला र अहिले खनिएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले दबाब धान्न नसकेपछि पहिरो गएको थियो । अन्तराष्ट्रिय मिडियाले भने उक्त ढुंगाखानीमा ८ जना नेपाली परेको जनाएको छ । यस विषयमा दुतावासले थप जानकारी लिने प्रयास गरेको र आफन्तलाई सम्पर्क गरेर उनीहरुको शव नेपाल पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गायिका सम्झना भण्डारीको आवाजमा ‘परदेशीको अधेरो संसार’ भिडियो

‘अनुदानको सवा अर्ब सिजीले हिनामिना गरेको आशंका’