कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १५ सय नजिक पुगेपछि प्रान्त प्रमुख हटाइए, २५ देशमा फैलियो रोगको संक्रमण

काठमाडौँ- चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरसको संक्रमणका कारण १४ सय ८३ जना पुगेको छ । बिहीबार एकै दिन १ सय १६ जनाले ज्यान गुमाएपछि देशैभरबाट ज्यान गुमाउनेको संख्या १४ सय ८३ जना पुगेको हो । यस भाइरसबाट थप ४ हजार ८ सय २३ जना संक्रमित बनेका छन् । अहिले प्रान्तमा ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित छन् भने देशभर यो सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

हुबेइ प्रान्तमा ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भएसँगै चिनियाँ कम्युनिस्ट पार्टीले प्रान्तका प्रमुखलाई पदबाट हटाएको समेत समाचारमा जनाइएको छ । त्यस्तै हुबेईका स्वास्थ्य आयोगका प्रमुख झाङ जिन र निर्देशक लियु यिङ्झीलाई पदबाट हटाइएको थियो । त्यस्तै बिहीबार जापानमा पनि कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

शुक्रबार यि काम गर्दा चम्किन्छ तपाईको भाग्य, अपनाउनुहोस् यि उपाय र बन्नुहोस् खुशी

कुवेतमा ढुंगाखानीमा पुरीएर ६ नेपालीको निधन, २ जनाको अझै परिचय खुल्न सकेन