अटो जाचँ गर्ने झस्कियो प्रहरी, के रहेछ अटोमा ?

बारा, १ फाल्गुन-कलैया उपमहानगरपालिका-१० मटिअर्वा टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र डाइजेपाम ७ सय एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका २१ वर्षीय चन्दन कुमार र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश साह तेली रहेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले ना.२ ह ३६१४ नम्बरको अटोलाई जाचँ गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बस र मोटरसाइकल एक-आपसमा ठोक्किदा ज्यान गयो पदमको

शुक्रबार यि काम गर्दा चम्किन्छ तपाईको भाग्य, अपनाउनुहोस् यि उपाय र बन्नुहोस् खुशी