विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा २१ विद्यार्थी घाइते

म्यानमार – बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन् । रखाइन राज्यमा म्यानमारको सेनाले लामो समयदेखि आराकन सशस्त्र विद्रोही (एए) ले जातीय मुक्तिका लागि गरेको आन्दोलनविरूद्ध युद्ध गरिरहेको छ ।बिहीबारको आक्रमण बुटिडाउङ नगरको एक बस्ती जजिकै भएको हो, जहाँ म्यानमारले सशस्त्र विद्रोही विरूद्ध लामो समयदेखि लड्दै आएको छ । आक्रमण सरकारी सेना वा विद्रोहीले गराएका भन्नेबारे पुष्टि हुनसकेको छैन ।

गत वर्षको जनवरीदेखि दुई पक्षबीच चलेको द्वन्द्वले चर्को रूप लिएपछि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यसबीचमा उक्त स्थानबाट करिब एक लाख स्थानीय विस्थापित भएका छन् । एएले जातीय रखाइन बौद्धमार्गीहरूको स्वतन्त्रताका लागि लडिरहेको दाबी गरेको छ । रखाइन क्षेत्र म्यानमारका अल्पसङ्ख्यक मुसलमान समुदाय रोहिंज्याहरूको बाहुल्यता भएको क्षेत्र हो ।

खाम्वे गाउँका शिक्षक थार आय माउङ्गले एएफपीलाई फोनमार्फत बिहीबार दिएको जानकारीमा उहाँले भन्नुभयो, “विद्यालयमा भएको आक्रमणमा २१ जना विद्यार्थी घाइते भएका छन् । आक्रमणबाट घाइते भएकी एक बालिकालाई हात र खुट्टामा गम्भीर चोट लागेको र अन्य विद्याथीहरूलाई पनि शरिरका विभिन्न भागमा चोट लागेको लागेको छ ।”घाइते भएका विद्यार्थीहरू बुद्धमार्गी खामी समुदायका रहेका बताइएको छ ।

“बिहीबार बिहान सरकारी सेना र विद्रोही एए समूहबीच विद्यालयबाट करिब तीन किलोमिटर टाढा भिडन्त भइरहेको थियो,” उहाँले थप्नुभयो । हामीले विद्यालयदेखि टाढा युद्ध भएका कारण गोलाबारूद विद्यालयसम्म नआउने सोचेर कक्षा सञ्चालन गरिरहेका थियौँ तर एक्कासी मोर्टार विद्यालय परिसरमा खसको थियो ।माउङदाव जिल्लाका प्रशासन प्रमुखले घटनाको पुष्टि गर्नुभएको छ तर घाइतेहरूको सङ्ख्या भने १९ रहेको उहाँले बताउनुभयो ।

उहाँले विद्यालयमा सेनाले आक्रमण गर्नुपर्ने कारण नभएको तर कहिलेकाही सेनाको विद्रोहीले लुटेका हतियार यस्ता घटनामा प्रयोग हुने गरेका म्यानमार सेनाका पश्चिमी कमाण्डका प्रवक्ता कर्नेल विन ताओले बताउनुभयो ।
हाम्रो लुटिएको हतियार विद्यालयमा हानेर सेनाले आक्रमण गरेको भनी उनीहरूले गलत दावी गरिरहेको प्रवक्ता ताओले बताउनुभयो । यस घटनाबारे विद्रोहीको भनाइ राख्न गरेको प्रयास सफल हुनसकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

एकजनाले गर्दा २ परिवार घर न घाटको बन्यो, घरबार बिगारेर भागेकी महिला यस्तो अवस्थामा भेटीइन् (भिडियो)