चर्चित गायक उदितनारायण झाको ‘सरप्राइज’, नेपालभाषामा पहिलो गीत

काठमाडौं – बलिउडका चर्चित गायक उदितनारायण झाको नेपालभाषा (नेवारी)मा पहिलो गीत हालै सार्वजनिक भएको छ । गीतमा गायिका दीपा महर्जनले गायक झालाई ‘छंगु जिगु माया रतन’ बोलको गीतमा साथ दिएका छन् ।

सो गीत नेपालभाषामा मेलोडी क्विनको उपनाम पाउनुभएकी गायिका महर्जनको ‘सरप्राइज एल्बम’मा समावेश गरिएको छ। यही गीतको बोलमा नेपालभाषामा ‘छंगु जिगु माया रतन’ चलचित्र बन्न लागेको गायिका महर्जनले बताइएन्।

एल्बम सरप्राइजमा गायिका महर्जनका चारवटा एकल गीत, झा र यमन श्रेष्ठसँग दुईवटा गरी छवटा गीत समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरियाबाट फर्केपछि १० रुपैयाँमा लुगा बेच्दै युवा, गरिबको आँखामा सुखको आँशु खोज्दै (भिडियो सहित )

‘तानाजी’ रिलिजपछि अजय लागे राजामौलीको ‘आरआरआर’ को सुटिङ तिर