मिर्गौला पीडित जीतबहादुरको उपचारका लागि ५० हजार सहयोग

काठमाडौँ  -धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ ।

समाजका उपाध्यक्ष ईश्वर भट्टले यहाँ आज पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गर्नुभयो । बैसठठी वर्षीय गुरुङको दुवै मिर्गौलामा समस्या छ ।

एउटा मिर्गौला पूर्णरुपमा फेल भएको र अर्कोले पनि ७० प्रतिशतमात्रै काम गरेको छ । समाजका पूर्वमहासचिव किरण धमलाले समाजले स्थापनाकालदेखि नै समाजसेवी कामहरु गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि देशभरि आपत्विपद्, दुःख र पीडामा परेकाहरुलाई समाजले सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गोङ्गबु नयाँ बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न महिला र पुरुष गरि ७३ जना पक्राउ

माघे सङ्क्रान्ती तयारीका लागि फलफूल किन्दै स्थानीय