अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ कलाकार हरि विष्टले गरे जन्मदिनका दिन ५१ हजार सहयोग

नेपाल तरुण दलका जिल्ला अध्यक्ष एवं कलाकार हरि विष्टले जन्मदिनका अवसरमा धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ हजार १११ सहयोग गर्नुभएको छ । उहाँले फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ उक्त रकम प्रदान गर्नुभएको हो ।

उहाँले जन्मदिनका अवसरमा होटलमा फजूल खर्च गर्नुभन्दा विकास निर्माणमा लगानी गर्न उपयुक्त लागेको बताउनुभयो । फाउण्डेसनको बैँक खातामा सो रकम जम्मा गरेको कलाकार विष्टले जानकारी दिनुभयो । साथै, उहाँले सुर्खेत उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत अक्षयकोषलाई पनि सहयोगस्वरुप रु ५१ हजार १११ प्रदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पर्यटकका लागि मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै

ठेकेदार फरार हुँदा चार वर्षदेखि नगरपालिकाको भवन निर्माण अलपत्र