किर्तीमानी गैँडा रहेन, ५७ वर्षसम्म बाँचेको गैँडाबारे यस्ता छन् रोचक तथ्य

काठमाडौँ, पुस २९ । दुनियाकै सबैभन्दा बढी उमेर बाँचेको ५७ बर्षीय गैँडाको मृत्यु भएको छ । प्रसंग हो तान्जनियाको गोरोनगोरो कन्जभेसन एरिया अथोरिटीको । फौस्टा नामक उक्त गैडाको मृत्यु अस्वभाविक भएको भन्दै यसबारे अनुसन्धान थालिएको बीबीसीले जनाएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार सन् २०१६ बाट फौस्टाको स्वास्थ्य अवस्था बिग्रिदै गएको र स्वास्थ्य बिर्गन थालेपछि प्रत्यक्ष निगरानिमा राखि उपचार गरीएको भएता पनि सामान्य अवस्थामा नै उनको मृत्युले शंका पैदा गरेको छ ।

उसको आखाँको ज्योती पनि गुमेको थियो । तान्जनियाको दार एस सलाम विश्वविद्यालयका एक वैज्ञानिकले सन् १९६५ मा गौष्टालाई पहिलो पटक देखेका थिए । जुन गैँडा यो उमेरसम्म बाँच्ने दुनियाकै एक मात्र गैँडा हो । जसले विश्वकै सर्वाधिक उमेरसम्म बाँच्न सफल भएको भन्दै विश्व किर्तीमानी कायम राख्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना, सर्तक रहन आग्रह

गोकर्ण फरेस्टको अवधि बढाउनु पर्नुको लिखित जवाफ माग