समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृ*त्यु

लिस्बन । पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपाली दाजुभाईको मृ*त्यु भएको छ ।मृ*त्यु हुनेमा धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबा रहेका छन् । राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुलाई छालले तान्दा ज्या*न गएको बताइएको छ ।

छाल हेर्न गएकाहरूले दुई दाजुभाइलाई देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेको बताइएको छ । गत शुक्रबार मृ*तक दाजुभाइले माछा मार्ने लाइसेन्स र माछा मार्दा प्रयोग हुने सुरक्षा ज्याकेट किनेर आएको बताइएको छ । लगत्तै सामुद्रिक प्रहरीले खोजी गरेर उद्धार गर्न सफल भएपनि उनीहरूको मृ*त्यु भइसकेको थियो ।

८ महिनाअघि डेनमार्कबाट पोर्चुगल गएका उनीहरुले कासकाइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दे आएका थिए ।उनीहरुको शब काइस्काइसको अस्पतालमा अस्पतालमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जर्सीको सुटिङमा घाइते भए नायक साहिद कपुर, अनुहारमा १६ टाँका लगाइयो

जनकपुर–जयनगर रेल्वेको निरीक्षणमा अर्थमन्त्री डा खतिवडा