विश्व यात्रा गर्दै ‘भ्वाइस’का राम, सनिष, अनु र यन्की

काठमाण्डौ। नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्द्धन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले यही मार्च ६, २०२० देखि विश्वका चार देशमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । बेलायत, युरोप, क्यानडा र इजरेलमा हुने म्यूजिकल टुरमा गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपालुको सिजन–२ का अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका अन्तिम प्रतिस्पर्धीहरुले चार देशमा दिन लागेको प्रस्तुतिको बारेमा इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले जानकारी गरायो । मार्च ६ बाट सुरु हुने विश्व यात्रामा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु ९राम लिम्बु०, सनिष श्रेष्ठ, अनु राना मगर, यन्की यल्मो सहभागी हुनेछन् । भने, कार्यक्रमको उद्घोषण सुशिल नेपालले गर्नेछन् ।

मार्च ३ देखि मार्च २३ तारिखसम्म बेलायतमा ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का अन्तिम चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् । त्यस्तै, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार, बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने बताइएको छ ।

चार देशमा हुने कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने पनि अध्यक्ष पराजुलीले घोषणा गरे । कार्यक्रममा स्नेहा आश्रमका अध्यक्ष तथा कलाकार सुलेमान शंकर ुइकुु पनि उपस्थित थिए । सामाजिक कार्यमा योगदान गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०ु लाई विश्वव्यापी रुपमा प्रचार गर्न सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको ब्लु वर्डका अध्यक्ष पराजुलीको भनाई छ ।
वर्ल्ड टुरको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का विजेता राम लिम्बुले पहिलो पटक सांगीतिक कार्यक्रमका लागि विदेश जान लागेकोमा खुसी व्यक्त गरे । उनले दर्शकको माग अनुसार कार्यक्रममा गीत गाउने बताए । सनिष, अनु र यन्कीले पनि वर्ल्ड टुरलाई लिएर उत्साहित रहेको बताए । उनीहरुले अन्तर्राष्ट्रिय मञ्चमा गाउने गीतको कपी राइट्सको विषयमा सम्बन्धि संस्थासँग छलफल गर्ने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नौ महिनाअघि पोर्चुगल पुगेका दुई दाजुभाइको समुद्रमा डुबेर मृ*त्यु ,परिवारमा रुवाबासी

जन्मियो अशोक दर्जिको भाइ, अब हिरो बनाउने योजना ! (हेर्नुहोस भिडियो)