एजेन्सी – फिल्म जीरो फ्लप भएपछि बलिउड चर्चित नायिका अनुष्का शर्माले कुनै पनि फिल्ममा साइन गरेकी छैनन् । तर उनका चार वटा फिल्म एके बर्षमा रिलिज भएका थिए । उनको फिल्म जीरोको असफलता पछाडि बलिउडमा निकै चर्चा चलिरहेको थियो । कि उनले फिल्म क्षेत्र छाडिन भनेर तर फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा अनुष्काले फिल्मबाट ब्रेक नलिने खुलाइन् । उनले भनिन्, जीरो रिलिजपछि म केही महिना फुर्सदमा बस्न चाहन्थेँ ।
भारतिय मिडियाका अनुसाार आफुलाई फिल्ममा खेन्न एकाएक गाह्रो भएका कारण अनुष्काले चलचित्रबाट केहि समय टाढा रहेको बताइन उनलाई केहि समय आराम चाहिएका कारण टिमसँग पनि सल्लाह गरेको बताएकी छिन् । फिल्मबाट ब्रेक लिदा फिल्मबाट अनुष्काले आफ्नो पूरै समय विराटसँग बिताएको समेत बताएकी छिन् । अब भने उनि चलचित्र क्रिकेट टिमकी पूर्वकप्तान झुलन गोस्वामीको फिल्ममा झुलनको भूमिकामा देखिँने भएकी छिन् । उनी भारतीय क्रिकेट टिमको पुरानो जर्सीमा देखिएकी छिन् ।हालै भने उनि यसै चलचित्रको सुटिङमा व्यस्त रहेको देखिन्छ ।
Comments
0 comments