‘मुन्द्रेको कमेडी क्लब’मा मिस नेपाल अनुष्का श्रेष्ठलाई नौमती बाजा बजाएर स्वागत गरियो, हेर्नुहोस् भिडियो

काठमाडौँ, पुस २९ । नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौलाले सभापतिको भूमिका निर्वाह गरेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता हुने गरेको छ । कार्यक्रममा जितुसँगै राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न पाइन्छ ।

राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेका छन् । पछिल्लो समय पवनकलीका रुपमा लुनभा तुलाधर आएकी छिन् भने सन्ध्या बुढा अर्थात काउलीबुढीको अभिनय पनि निर्माण यूनिटले समेटेको छ । यसैबिच शृखलाको ६३ औँ भागमा मिस नेपाल अनुष्का श्रेष्ठ गेष्टका रुपमा आएकी छिन् । हेर्नुहोस् अनुष्कासँग गरिएको यो रमाइलो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ह्वात्तै घट्यो प्याजको मूल्य, केजीमा पुग्यो १०० रुपैया

दूध बेचेर टिक्न मुस्किल भएपछि भैँसी बेच्दै किसान