जनवरी २५ तारिखको दिन अष्ट्रेलियामा सोनाम ल्होछार २८५६ भब्यताका साथ मनाइने

अष्ट्रेलिया । सन २००९ मा स्थापित तामाङ सोसाइटी अफ यन यस् डब्लुले आगामी जनवरी २५ तारिखको दिन आफ्नो मौलिक पर्व सोनाम ल्होछार २८५६ भब्यता का साथ मनाउने भएको छ । यस स्टडी वोर्ल्ड को शिर्ष प्रायोजन मा हुन लागेको यस् सास्कृतिक तथा पारिवारिक कार्यक्रम मा तामाङ हरु को मौलिक सस्क्रिती झल्कने बिभिन्न झाकीहरु को मज्जा लिन सकिन्छ । हरेक बर्ष बिभिन्न जिब जन्तु हरु ले नामाकरण गरिने नेपाली तामाङ हरु को यो बिशेष चाड यस् बर्ष भने मुसा बर्ग लागु हुने भएको छ । सस्थाका अध्यक्ष श्री सुनधोर्जे तामाङका अनुसार ल्होछार भन्नाले नयाँ बर्ष भन्ने बुझिन्छ ।

प्रबेश शुल्क ३५ डलर राखिएको यस् कार्यक्रम मा बिगत का बर्ष हरु झै यस् बर्ष पनि नेपाली तामाङ हरु को कला सस्क्रिती झल्कने बिशेष नाचगान ,नेपाल बाट आउने चर्चित कलाकारहरु बिस्व दोङ , निर्मला घिसिङ र कुमार मोक्तान को उत्कृष्ट सेलो तथा नेपाली गायन प्रस्तुती , लामा गुरु पूजा र अन्य स्थानिय कलाकार हरु को रमाइला कृयाकलाप हरु ले कार्यक्रम लाई भरिपूर्ण बनाउने सस्था का अध्यक्ष् तामाङ ले बताए।

नेपाली तामाङ हरु को महान चाड सोनाम ल्होछार लाई सब्य र भब्य तवरले मनाउन सिड्नी का सम्पूर्ण नेपाली समुदायहरुलाई आयोजकतामाङ सोसाइटी अफ यन यस् डब्लु ले हार्दिक निमन्त्रणा गरेको छ । थप जानकारी को लागी आयोजक समिती सुनधोर्जे तामाङ ०४३२ ०२३ ८४१ अबिरल तामाङ ०४३५ ७७४ २०४ बिशाल तामाङ ०४०२ १९० ६४३ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

प्रहरी सहायक निरीक्षकको घरमा आगलागी

माघ १० गते सार्वजनिक बिदा