गगन थापा उपसभामूखको पक्षमा उभिँदै भने ‘नेकपाको छायाँ नबनी संसदलाई निडर भएर अगाडी बढाउनुहोस्’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले तत्काल सदन सूचारु गर्न सूझाव गर्न माग गरेका छन् । गगन थापाले एक फेसबुक स्टाटस लेख्दै सभामूखलाई पार्टीको दवावमा नआई सदन सूचारु गर्न सूझाव दिँदै भनेका छन् नेकपा भित्रको लुछाचुँडीका कारण संसदलाई बन्धक बनाउन नहुने बताएका छन् ।

गगनले नेकपा भित्र स्वार्थको वेमेल हदा संसद अवरुद्ध गर्न नहुने तर्क गर्दै नेकपाको यो कार्य निन्दनिय समेत भन्न भ्याएका छन् ।

संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा भएको उल्लेख गर्दै गगनले भनेका छन् उपसभामुखज्यू,संसद कुनै दल विशेषको छायाँ होइन,तपाईं संसदको उपसभामुख हो,नियमानुसार सदनको प्रकृया अगाडी बढाउनुहोस् भन्दै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई तत्काल सदनलाई अगाडी बढाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कस्ले गर्यो एउटै विद्यालयमा पसेर तीन शिक्षकको ह*त्या

हेलिकप्टरबाट अष्ट्रेलियाका आगलागी प्रभावित जनावरलाई हजारौं केजी खाद्यान्न वितरण