रोकी राखेको स्कारर्पियोको एक्कासी ढोका खोल्दा ठोक्किएर मोटरसाइकल चालक शिव को मृ*त्यु

काठमाडौं, पुस २९ – शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ।

काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नम्बरको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो। उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्कार्पियोमा ठोक्किएर दुर्घटना भएको हो।

चाबहिलबाट साँखु जाँदै गरेको बा १६ च ८७७० नम्बरको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्कार्पियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर ०६ पिडी ४०५९ नम्बरको भारतीय स्कार्पियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीले दुवै स्किारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मेक्सिकोमा २९ श*व भेटियो,चार जनाको श*व मात्रा चिन्न सकिने अवस्थामा

कमेडी च्याम्पियनले लोकप्रियता बढाइरहेका बेला बाहिरिए यि चर्चित कमेडियन, हेर्नुहोस् भिडियो