मेक्सिकोमा २९ श*व भेटियो,चार जनाको श*व मात्रा चिन्न सकिने अवस्थामा

गुआडालाजरा – मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा श*व निकालिएको छ । देशको पश्चिमी सहर गुआडालाजरामा ती शवहरु भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।संगठित अपराध गर्नेहरुबाट क्रुर हत्याको घटना भएको जनाइएको छ । त्यस ठाउँबाट गत नोभेम्बरदेखि अहिलेसम्म कुल ८० ओटा शव निकालिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय अनुसन्धानकर्ताहरुका अनुसार मृत्यु भएका मध्ये चार जनाको श*व मात्रा आंशिक रुपमा चिन्न सकिने अवस्थामा रहेको छ ।अहिले शव निकालिएको ठाउँदेखि २ सय ६० फिट टाढा पर्ने अर्को ठाउँमा पनि सामुहिक चिहान भेटिएको थियो ।

त्यस ठाउँबाट गत डिसेम्बरमा कम्तीमा ५० भन्दा बढी शवहरु निकालिएको थियो । मेक्सिकोका विभिन्न ठाउँमा सामुहिक चिहान भेटिएका छन् भने ती ठाउँबाट सयौँको शवहरु निकालिएको छ । अरु पनि शवहरु खोज्ने र निकाल्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव

रोकी राखेको स्कारर्पियोको एक्कासी ढोका खोल्दा ठोक्किएर मोटरसाइकल चालक शिव को मृ*त्यु