विनोदको ‘यो खुशी…’ सार्वजानिक

गायक विनोद राईको ‘यो खुशी …’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ÷मिक्सिङ मित्र लामाले गरेका हुन् । मोफसलको रमणीय स्थल पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

५ रुपैयामा खाना बेच्ने ठाउमा मध्य राति यस्तो के भयो ? हेर्नुस खाना खानेले भाबुक हुदै यस्तो भने (भिडियो सहित)

उत्तर कोरियासँगको सम्वन्ध बारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी