काठमाडौं, पुस २९ । गायिका तथा मोडल हुन् श्रृषा कुँवर । गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रृषाले रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा उनकै आवाजमा केही वर्ष अगाडी बजारमा आएको गीत बिस्तारै बिस्तारैको कभर भिडियो बजारमा ल्याएकी छिन् । सोही गीतलाई न्याय गर्दै श्रृषाले बजारमा ल्याएपछि गीतको चर्चा फेरी सु्रु भएको छ ।
तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा श्रृषाको मुख्य अभिनय रहको छ । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् । सार्वजनिक गीको फिमेल भर्जनलाई पनि दर्शक स्रोताले अत्यधिक मनपराउने आशा निर्माण यूनिटको छ ।
Comments
0 comments