काठमाडौँबाट मेलम्ची जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि शिवको ज्या*न गयो

साँखु,- नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृ*त्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्किारपियोमा ठोक्किएर दुर्घटना भएको हो । चाबहिलबाट साँखु जाँदै गरेको बा१६च ८७७० नंको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्किारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर०६पिडी४०५९ नंको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले दुवै स्किारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

हाँसोकै कारण निकै चर्चित छिन् बलिउड यि अभिनेत्री, जसको हुने गर्दछ चौतर्फि चर्चा

राजकुमार ह्यारी दम्पत्तिलाई दिइयो क्यानडा बस्न अनुमति