काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुन चाँदी महासंघले जनाए अनुसार आज सुन तोलामा ८ सयले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, तेजावी सुन तोलाको ७३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।सोमबार सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा ८८० रुपैयाँ कायम गरिएको छ। सोमबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो। बजारमा सुन चाँदीको मूल्य घटबढ हुने क्रम जारी छ।
Comments
0 comments