कात्तिक ३० गतेदेखि काठमाडौँमा चन्द्रागिरि मेयर गोल्डकप हुने

काठमाडौँ,- चन्द्रागिरि ‘ए’ डिभिजन गोल्डकप फुटबल प्रतियोगिता कात्तिक ३० गतेदेखि काठमाडौँमा हुने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी दीपशिखा युवा क्लबको आयोजनामा तेस्रो संस्करणको फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो । दीपशिखा युवा क्लबका अध्यक्ष रवी बुढाथोकीले नैकाप खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने बताउनुभयो । प्रतियोगितामा आयोजक क्लब, नगरपालिका क्लब र ‘ए’ डिभिजनका १० टोली सहभागी हुनेछन् ।

सो अवसरमा नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा राष्ट्रियस्तरका खेल आयोजनाबाट नगरको आर्थिक, सामाजिक र नगरको प्रचारप्रसारमा मद्दत पुग्ने बताउनुभयो । प्रतियोगिताको विजेताले रु छ लाख ५० हजार, उपविजेताले रु तीन लाख ५० हजार तथा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । चन्द्रागिरि फुटबल प्रतियोगिताको पहिलो संस्करणमा हिमालयन शेर्पा तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब विजेता बनेको थियो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज राष्ट्रपति भण्डारी स्वदेश फर्कँदै

दशैँका दिन परेको भीषण असिनापानीका कारण चार करोड बढीको क्षति