गाईको संरक्षणको माग गर्दै विश्व हिन्दू महासङ्घले बुझायो ज्ञापनपत्र

पोखरा – गाईको संरक्षणको माग गर्दै विश्व हिन्दू महासङ्घ नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ । टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

कास्कीलगायत स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाबाट गाई गोरु सङ्कलन गरी बिक्री गर्न लैजान लागेको अवस्थामा आइतबार राति २१ वटा गाई गोरुसहित ट्रक नियन्त्रणमा लिइएको थियो । ट्रकमा राखेर निर्यात गरिँदै गरेको अवस्थामा पोखरा महानगरपालिका गगनगौडा प्रहरी चौकीले २१ वटा गाई गोरु नियन्त्रणमा लिएको थियो ।

विश्व हिन्दू महासङ्घमा आबद्ध प्रतिनिधिले खोजी गर्दा पोखरा–३३ का भीमबहादुर नेपालीले ती जिल्लाका सडकमा छाडिएका गाई गोरु सङ्कलन गरी विदेशमा मासुका लागि बिक्री गर्ने गरेको पाइएको महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले आरोप लगाउनुभयो ।

प्रहरीद्वारा नियन्त्रणमा लिइएको गाईगोरु प्रहरी र विश्व हिन्दू महासङ्घका प्रतिनिधिको सक्रियतामा पोखरा–१४, बाच्छेबुडुवास्थित काञ्जीहाउसमा लगेर राखिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी केसीले घटनाका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मुलुकमा सङ्घीयता सफलताका लागि न्यायिक समिति सशक्त बन्नुपर्दछ – मुख्यमन्त्री गुरुङ

आज राष्ट्रपति भण्डारी स्वदेश फर्कँदै