प्रदेशस्तरीय कराते प्रतियोगिता शुरु, तीन सय खेलाडी सहभागी

अछाम – साँफेबगरमा आजदेखि प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय गोजुरियो कराते प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले उद्घाटन गर्नुभयो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका झण्डै तीन सय खेलाडी सहभागी छन् ।

राष्ट्रिय गोजुरियो कराते सङ्घ जिल्ला शाखा तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको सो प्रतियोगिता सम्पन्न गर्न रु १६ लाख खर्च हुने आयोजक संस्थाका अध्यक्ष प्रकाश शाहले जानकारी दिनुभयो । प्रतियोगितामा ५३ विधातर्फ ५३ स्वर्ण, ५३ रजत र १०६ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्री पोखरेलको आग्रह

झोलामा बोकेर हिँडिरहेको अवस्थामा बाघको छालासहित दुई जना पक्राउ