सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

खाँदबारी – सङ्खुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका–१ का राजकुमार राईलाई पक्राउ गरिएको हो ।

राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिनुभयो । उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै गरेका एक युवासँग रु ८० हजार मागेका थिए । सेनाको बराह दल गुल्मले हालै एक सय जनाका लागि खाँदबारीमा भर्ना प्रक्रिया अघि बढाएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विमानस्थलका १३ अध्यागमन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्री पोखरेलको आग्रह