डुम्रेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

दमौली – डुम्रे–बेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–६ बस्ने १९ वर्षीय अनिल सार्की रहेका छन् ।

डुम्रेबाट पाउँदीतर्फ जाँदै गरेको ना३ख ९७६८ नं को बस सडकबाट तल खस्दा घाइते भएका सार्कीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उक्त बसमा चालकसहित तीन जना सवार रहेका थिए । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइतेको लक्ष्मी अस्पतालमा नै उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन

खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य शुरु