फोहोर व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी

चितवन – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा निजी कम्पनीले फोहोर सङ्कलनको काम शुरु गरेको छ । फोहोर सङ्कलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी क्षेत्रलाई काम गर्ने जिम्मेवारी दिएको हो ।

फोहोर सङ्कलन र व्यवस्थापनका लागि श्रीमाता कङ्काली माई उद्योग प्रालि काठमाडौँसँग नगरपालिकाले १६ बुँदे सम्झौता गरेर काम गर्ने जिम्मा दिएको प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेलले जानकारी दिनुभयो । प्रालिले कात्तिक १ गतेबाट फोहोर सङ्कलनको काम शुरु गरेको छ । सो कम्पनीले वार्षिक रु १० लाख ६६ हजार नगरपालिकालाई बुझाउने गरी फोहोर सङ्कलनको जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।

रत्ननगरमा दैनिक करीब २५ टन फोहोर सङ्कलन हुन्छ । नगरपालिकाले सङ्कलित फोहोर पञ्चकन्या सामुदायिक वनमा थुपार्दै आएको छ । फोहोरलाई वर्गीकरण गर्ने, सडने र नसड्ने छुट्याएर सड्ने फोहोरबाट प्राङ्गारिक मल र नसड्ने फोहोर पुनः प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ । रत्ननगरमा सरसफाइ शुल्कबापत वार्षिक रु २२ लाख सङ्कलन हुने र फोहोर सङ्कलनका लागि करीब रु एक करोड खर्च हँुदै आएको छ ।

नगरपालिका प्रमुख नारायण वनले फोहोरलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्ने गरी निजी कम्पनीलाई जिम्मेवारी दिइएको बताउनुभयो । निजी क्षेत्रलाई फोहोरको व्यवस्थापन गर्ने जिम्मा दिएसँगै नगरपालिकालाई वार्षिक रुपमा रु ७८ लाख वचत हुने भएको छ । सो रकम विकास निर्माणमा खर्च गरिने उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

धितोपत्र बजारमा शेयर कारोबार झिनो अङ्कले बढ्यो

क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए