५ किलो चरेससहित महिला प्रहरी नियन्त्रणमा

रुकुमपूर्व – प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो । सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अस्पताल तोडफोडमा संलग्न रहेको आरोपमा ११ विरुद्ध मुद्दा दर्ता

अब त्रिभुवन विश्वविद्यालयमा श्रम शिक्षा अध्ययन गराइने, आगामी शैक्षिकसत्रदेखि अध्ययन शुरु