स्वीमिङ पुलमा डुबेर बालकको ज्यान गयो

भरतपुर – चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर आज तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– १६ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।

उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कलेजमा भएको तोडफोड र स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग

अस्पताल तोडफोडमा संलग्न रहेको आरोपमा ११ विरुद्ध मुद्दा दर्ता