भ्रमण पुरा गरी राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश र्फकनुभएको छ । सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय कानूनको सवलीकरण ः क्षेत्रीय सहयोगमा संसदीय भूमिका र संयन्त्र’ विषयक छलफलमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो । साथै प्रजातन्त्र र मानवाधिकारको स्थायी समितिको बैठकमा सहभागिता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रिप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । भ्रमणका अवसरमा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुखलगायत विभिन्न उच्चस्तरीय भेटघाटसमेत गरेको सचिवालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बजार अनुगन गरी म्याद नाघेका र मिसावट गरिएको खाद्य पदार्थ जफत

यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने