अवैध चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा

अमरगढी – प्रहरीले अवैध रुपमा चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । आज डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा भारतको पलिया घर भएका ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीय सुवोद बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुले अवैध रुपमा चाँदीका पाउजु झोलामा राखेर बिक्री गर्न लागेको सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट ९३८ ग्राम चाँदी बरामद गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । बरामद गरिएको चाँदी आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सरकारले नयाँ हवाई नीति बनाउन कार्यदल गठन

करेन्ट लागेर ईश्वरको ज्यान गयो