कट्टुमा लुकाई ल्याएको अवस्थामा खैरो हिरोइनसहित पक्राउ

विराटनगर – विराटनगर महानगरपालिका–१५ भन्सारको १ नं ढाँटबाट खैरो हिरोइनसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको बेलबारी नगरपालिका–६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई कट्टुमा लुकाई ल्याएको अवस्थामा पाँच ग्राम २५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार खिउँले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले मोरङको सुन्दरहरैचा–७ अटल क्रेसर अगाडिबाट सोही स्थान बस्ने २८ वर्षीय सरोज गिरीलाई जाँच गर्दा अन्दाजी दुई ग्राम खैरो हिरोइनसहित आइतबार साँझ पक्राउ गरको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बुमन च्याम्पियन्स लिगमा पोखरा ६ विकेटले विजयी

आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै घरमा विद्युत् बल्छ : मुख्यमन्त्री राई