स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

काठमाडौँ – स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । बैंकको कूल चुक्ता पूँजी रु आठ अर्ब एक करोड छ । बैंकले आव २०७५÷७६ मा कूल रु एक अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज पनि ओरालो लाग्यो शेयर कारोवार

नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो